www.tandavnews.com
Fact ~ In search of truth

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

पोखरा।
नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा ४२ जनाको लागि रोजगारी खुलेको छ । राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै रिक्त पदपूर्तिका लागि दस्खास्त आह्वान गरेको हो ।

 

राष्ट्र बैंकले सहायक निर्देशक प्रशासन(अधिकृत तृतीय) पदमा १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्रविधिक (सु.प्र.) एक जना र प्रशासनतर्फ सहायक द्धितीय पलमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत असोज ०६ गतेसम्म र दाेब्बर दस्तुर तिरि असाेज १३ सम्म आवेदन दिन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सहायक निर्देशक प्राविधिकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयमा स्नातक तह वा सो सरह उर्त्तीण गरेको हुनुपर्नेछ ।

Batas

त्यस्तै, सहायक निर्देशक पदको लागि अर्थशास्त्र, ब्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उर्त्तीण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

प्रशासन तर्फ सहायक द्धितीय पदका आवेदन लागि मान्याताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्रतह वा प्लस २ वा सो सरहको परीक्षा उर्त्तीण  गरेको हुनुपर्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.