www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायीकाे १९ औं साधारण सभा सम्पन्न

पाेखरा ।
राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायी संघ पोखरा ९ शान्तीवनको १९ औं साधारण सभा सम्पन्न भएकाे छ । गण्डकी प्रदेशका भुमी व्यवस्था,कृषी सहकारी तथा गरीबी निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा मगरकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बिशेष अतिथी पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष उमराज बास्तोला रहेका थिए । संघका निबर्तमान अध्यक्ष निर्मल प्रसाद बास्तोला सल्लाहाकार तथा पुर्ब अध्यक्ष बिष्णु प्रसाद बास्तोला,पुर्ब अध्यक्ष छेवाङ तामाङ,पुर्ब अध्यक्ष रामकृष्ण दुवाडी अतिथि रहेका थिए ।

ब्यवसायीको तर्फबाट जगदिस खनाल,कृषी बजार महिला समुहका उपाध्यक्ष सरस्वती श्रेष्ठ,स्वतन्त्र मजदुर दुवानि ईकाई अध्यक्ष पित्म बहादुर पौडेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

Batas

साथै १९औं बार्षिक साधारण सभाको उपलक्ष्यमा संघले जेष्ठ ब्यवसायी सदस्यहरु छेवाङ तामाङ,मिठु गिरी तथा सफल ब्यवसायीमा जगदिश खनाल लाई सम्मान गरेको थियो । कार्यक्रम को सभाअध्यक्ष संघका अध्यक्ष बिष्णु हमालले गरेका थिए । स्वागत मन्तब्य संघका उपाध्यक्ष राम प्रसाद कंडेलले राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव राजेन्द्र गिरी ले गरेका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.