www.tandavnews.com
Fact ~ In search of truth

पर्यटनस्थल बन्यो मसानघाट

इटहरी।
सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डठाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।

मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।

बुढी खोलामा रु १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनिर्माणको काम गरिएको छ । यसको निमार्णसँगै धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित भएको हो । जसले गर्दा सबै उमेर समूहका व्यक्तिहरू बुढीगङ्गा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् । उनीहरू भन्छन् “पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो । तर अहिले यो स्थान पार्कजस्तै भएको छ । यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ ।”

Batas

व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बुढी गङ्गाजमुना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ । विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बुढी गङ्गाजमुना मुक्ति घाटमा ल्याउने गरेको मुक्ति धाम विकास समितिले जनाएको छ ।

बुढीगङ्गा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.