www.tandavnews.com
Fact ~ In search of truth

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाण्डाै।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ६ दिनसम्म घटेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको हाे।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा र  माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

Batas

बजार बढे पनि कारोबार रकममा भने धेरै सुधार आएको छैन । दुई सय ३१ वटा कम्पनीकाे ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरकाे शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.