www.tandavnews.com
Fact ~ In search of truth

हेल्लो मेयर ! कार्यक्रममा गुनासा र सुझाव

पोखरा
ताण्डव न्युज ।
पोखरा महानगरले जनताको गुनासो सुन्नको लागि ‘हेल्लो मेयर’ कार्यक्रम ल्याएको छ । एकद्धार प्रणालीसँगै सेवाग्राहीको गुनासो सुन्ने कार्यक्रममा जनताले गुनासा टिपाउने व्यवस्था छ । भदौ १२ गतेदेखि सुचारु गरिएको ‘हेल्लो मेयर’ कार्यक्रममा दैनिकौं गुनासाहरु आउने गरेका छन् ।

हेल्लो मेयर कार्यक्रम संयोजक माया गुरुङले सडकका खाल्टाखुल्टी कहिले पुर्ने, नाला कहिले पुर्ने, वडा, टोलको स्तरउन्नती लगायतका विषयमा फोन गरेर टिपाउने गरेको जानकारी दिइन् । उनका अनुसार फोहोरमैलाको विषयमा पनि थुप्रै गुनासाका फोन आउने गरेका छन् ।

‘‘फोहोर मैला नउठेको र पैसा घरघरमा उठाउने आउने विषयमा पनि सेवाग्राहीको फोन आउने गर्छ,’’ उनले भनिन्, ‘‘महानगरभित्रकै समस्याको समाधानको लागि पनि सुझाव दिने गर्नुहुन्छ । जनताको गुनासो सुन्नको लागि टोल फ्रि नम्बर ११८१ सम्पर्क गरेर महानगरको पहिलाको र अहिलेको कामको शैलीको बारेमा पनि बुझ्न र सुझाव दिनको लागि पनि फोन आउने गरेका छन् ।’’

Batas

संयोजक गुरुङका अनुसार दिनमा ५ देखि २० वटा सम्म फोन आउने गरेको छ । उनले दिनभर आएका गुनासालाई टिपेर कुन–कुन शाखामा पठाउने हो साँझ इमेल फरवार्ड गर्दै आएको बताइन् ।

‘‘दिनभरको गुनासालाई टिपेर साँझ ५ बजे मेयरको सचिवालय र सम्बन्धित शाखामा फरवार्ड हुन गर्छ,’’ उनले भनिन्, ‘‘हेल्लो मेयरमा फोनबाट मात्रै नभई मेयर धनराज आचार्यलाई पोखरा बाहिर रहेको बेलाबाहेक प्रत्यक्ष भेटेर पनि गुनासो राख्न पाइने पनि व्यवस्था छ । हरेक दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म महानगरमा खुलेको सचिवालयमा पुगेर सेवाग्राहीले आफ्नो गुनासो तथा सल्लाह सुझाव राख्न पाउनेछन् ।’’

हेल्लो मेयर कार्यक्रम राम्रो कामको सुरुवात भएको र काम गर्न सजिलो भएको सुझाव सेवाग्राहीले दिएकाे संयोजक गुरुङले बताइन् । ‘‘जनतासँग प्रत्यक्ष जोडिएकोले पनि यो कार्यक्रमलाई रुचाइएको पाएको छुँ,’’ उनले भनिन् ।

योसँगै सेवाग्राहीलाई हैरान, झन्झट नहोस भनेर महानगरले एकद्वार प्रणाली पनि सुरुआत गरेको छ । एउटा सेवा लिन जाँदा धेरै शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्न महानगरले एकद्वार प्रणाली सुरुआत गरेको हो । कम झन्झटमा महानगरमा सेवाग्राहीको काम होस् भन्ने उद्देश्यले एकद्वार प्रणाली लागु गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।

एकद्वार प्रणालीले सेवाग्राहीले सेवा लिन धेरै शाखा धाउनुपर्ने बाध्यता अन्त्य हुने आचार्यको दाबी छ । ‘‘फाइल एउटा शाखाबाट अर्काे शाखामा लग्दा सेवाग्राहीले लग्नुपर्ने छैन । फाइल ओसारपसार गर्न कर्मचारी खटाउने छौँ, फाइल कहाँ गएको छ । सबै ठाउँ इन्ट्री हुन्छ जसले गर्दा सेवाग्राहीले आफ्नो फाइल कहाँ छ, त्यसको जानकारी पाउँछन्,’’ उनले भने ।

एकद्वार प्रणाली सञ्चालनका लागि २० लाख लगानीमा महानगर परिसरमा संरचना निर्माण भएको छ । जसमा ११ काउन्टर छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.