www.tandavnews.com
Fact ~ In search of truth

फागुन तेस्रो साता रुपामा विभिन्न प्रतियोगिता, भलिबलको पुरस्कार राशि १ लाख २० हजार

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज / पोखरा ।

स्थानीय तह स्थापना दिवसको अवसरमा रुपा गाँउपालिका कास्कीले विभिन्न प्रतियोगिताको आयोजना गर्ने भएकोे छ ।

रुपा गाँउपालिका ६ स्थित हात्तीमैता भ्यू टावरमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सो कार्यक्रम बारे जानकारी दिईएको हो ।

गाउँपालिकाका प्रमुख नवराज ओझाले आगामी फागुन २४ देखी २७ गते सम्म विभिन्न प्रतियोगीता सञ्चालन गरिने बताए । उनले उक्त कार्यक्रममा स्थानीय तह स्तरिय अध्यक्ष कप खुल्ला भलिबल प्रतिायोगिता, रुपा डान्स आईडल र गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता समावेश गरिएको जानकारी दिए । ओझाले भलिबल तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख २० हजार, उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९० हजार, तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार र सान्त्वना हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार प्राप्त गर्ने बताए ।

उनका अनुसार डान्स तर्फ प्रथम हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार, द्धित्तिय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २० हजार, तृतीय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार र सान्त्वना हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५ हजारको हकदार बन्नेछ ।

त्यस्तै झाँकी तर्फ प्रथम हुने समुहलाई ४० हजार, द्धित्तिय हुने समुहलाई ३० हजार र तृतीय हुने समुहलाई २० हजार प्रदान गरिने ओझाले बताए । उनका अनुसार उक्त प्रतियोगितामा सहभागि हुने सम्पूर्ण समुहलाई ५÷५ हजार प्रदान गरिनेछ ।

उनले भलिबलमा समावेश हुनका लागि कुनै एक स्थानीय तहको खेलाडीहरुको टिम हुनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय खेलाडी नै भएपनि पाईयो, उनले भने, ‘तर एउटै स्थानीय तहको हुनुपर्छ ।’

उनले आगामी २० गतेसम्म टिम दर्ता गर्नुपर्ने बताउँदै अनुमानित ३० टिमको सहभागिता रहने जानकारी दिए ।

प्रमुख ओझाले डान्स तर्फ ४ चरणबाट छनौट गरेर फाईनलमा प्रवेश पाउने बताए । उनका अनुसार उक्त आईडलको निर्णायकमा उपेन्द्र गुरुङ र पुष्पा लोहनी रहनेछन् । त्यस्तै उनले झाँकीमा सहभागि हुनका लागि कम्तिमा ३० जनाको समुह हुनुपर्ने बताए । ‘हामीले युवाहरुलाई समेत जोड दिएका छौ, उनले भने, ‘एउटा समुहका ३० ननाघेका कम्तिमा ५ जना युवा हुनुपर्नेछ ।’ उनले मौलिक संस्कृतिको संरक्षण युवाहरुले गर्नुपर्ने भएकाले सो प्रतियोगीता समेत कार्यक्रममा समावेश गरेको धारणा राखे ।

समापनका दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीहरु रहने छ भने उक्त कार्यक्रम सम्पन्न गर्न १० लाख विनियोजन गरेको प्रमुख ओझाले बताए । ४ दिन सम्म चल्ने उक्त कार्यक्रम सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरी कार्य विभाजन गरिएको गाउँपालिकाले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.