www.tandavnews.com
Fact ~ In search of truth

रुसी र चिनियाँ राष्ट्रपति आगामी फेब्रुअरीमा बेइजिङमा भेट्ने

बेइजिङ, सिन्ह्वा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेब्रुअरीमा भेट हुने भएको छ । उनीहरुबीच आगामी फेब्रुअरीमा चीनको राजधानी बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएको छ ।

उनीहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन संवाद भएको थियो । त्यस संवादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए ।

Batas

फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिएको थियो । चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.