www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत

काठमाडौँ 
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त तीन विधेयकलाई सभाको बहुमतले स्वीकृत गरेको छ ।

बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन छलफलका लागि सभामा प्रस्तुत गरेका थिए।

Batas

यस्तै, अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकि  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छलफलका लागि छुट्टाछुट्टै रुपमा सभामा प्रस्तुत गरेकि थिइन्।

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिवार दिउसो १ बजे बस्नेछ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.