www.tandavnews.com
Fact ~ In search of truth

युवा संघ नेपाल रुपा गाउँपालिका कमिटिको अधिवेशन सम्पन्न

पोखरा।
राष्ट्रिय युवा संघ रुपा गाउँपालिका कमिटिको अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपेन्द« गुरुङको अध्यक्षतामा पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा राजन सिलवाल, उप–सचिवमा हिमाल गुरुङ, कल्पीत ओझा र कोषाध्यक्षमा समिक्षा श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा युवा संघ प्रदेश संयोजक महेन्द« गुरुङ, युवा संघ जिल्ला अध्यक्ष पानबहादर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र प्रदेश सदस्य कालिदास सुवेदीको सहभागिता रहेको थियो ।

युवा संघले आफ्नो संगठनात्मक गतिविधिलाई तिव्र पार्दै तीन वटा क्षेत्रीय संयोजक, पाँच वटा निर्वाचन क्षेत्र संयोजक, ७२ वटा वडा इन्चार्ज र विभिन्न विभाग समेत गठन गरेर संगठनात्मक गतिविधिलाई तिव्र बनाएको जिल्ला कमिटि सचिव नमराज केसीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल कास्कीले जिल्लाका चार वटै पालिको अधिवेशन सम्पन्न गरेको छ ।

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.