www.tandavnews.com
Fact ~ In search of truth

म्यादी प्रहरी भर्नामा युवाको आकर्षण

जनकपुरधाम ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा म्यादी प्रहरीको भर्ना हुनका लागि युवाहरूमा निक्कै आकर्षण देखिएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि बिहीबार साँझ सम्ममा मधेश प्रदेशको ८ जिल्लाबाट ६६ हजारभन्दा बढीले दरखास्त दिएका छन् ।

प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीमा भर्ना हुनका लागि ६६ हजार ८ सय ८४ जनाले आवेदन  दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

Batas

आवेदन दिने मध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८ सय २७ महिला छन् ।

सबैभन्दा बढी बारा जिल्लामा ८ हजार ९ सय ३९ पुरुष र २ हजार ४ सय ६६ महिला गरी कूल ११ हजार ४ सय ५ जनाले आवेदन फारम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

सप्तरीमा ७ हजार ३ सय ३७ पुरुष र १ हजार ६ सय २३ महिला गरी जम्मा ८ हजार ९ सय ६०, सिरहामा ५ हजार ५ सय २० पुरुष र १ हजार २ सय ९९ महिला गरी कुल ६ हजार ८ सय १९, धनुषामा ६ हजार ७ सय ९ पुरुष र १ हजार १ सय २५ महिला गरी जम्मा ७ हजार ८ सय ३४ जनाले फाराम भरेका छन् ।

रौतहटमा ७ हजार ४ सय २० पुरुष र १ हजार १ सय ६३ महिला गरी जम्मा ८ हजार ५ सय ८३, महोत्तरीमा ५ हजार ९ सय ६९ पुरुष र १ हजार ३ सय ३३ महिला गरी कूल ७ हजार ३ सय २, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५ सय ७० महिला गरी जम्मा ८ हजार ६ सय ६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २ सय ४८ महिला गरी जम्मा ७ हजार ३ सय १८ जनाले फाराम भरेको प्रवक्ता तिम्सिनाले जानकारी दिए।

कुन जिल्लाले कति म्यादी प्रहरी भर्ना गर्न पाउँछ त्यसको निर्णय आज वा भोलि सम्ममा हुने पनि प्रदेश पहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

खास गरेर म्यादी प्रहरीमा भर्ना भएकाहरूले वैदेशिक रोजगारीमा जाँदा म्यादी प्रहरीमा काम गरेको अनुभवले काम पाउने भएकाले फाइदा हुने भएको छ ।

बेरोजगारी पनि युवाहरूमा अत्यधिक मात्रामा भएका कारणले स्नातक तथा स्नातकोत्तर गरेका केही युवाहरूले पनि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त दिएका छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.