www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु पोखरा महानरपालिकाको भेला सम्पन्न

पोखरा।
अनेरास्ववियु पोखरा महानगरपालिका कमिटीको भेला सम्पन्न भएको छ । शनिबार पृथ्वी नारायण क्याम्पसमा भएकोे भेलाले आसन्न चुनाव केन्द्रित निर्णय गरि सम्पन्न भएको हो ।

नेकपा(एमाले) पोखरा महानगरपालिका अध्यक्ष दिलिप न्यौपाने प्रमुख अतिथी रहेको कार्यक्रममा महानगर सचिव जिवन आचार्य लगाएतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै महानगर अध्यक्ष न्यौपानेले गठबन्धनका झुण्डले एमालेको विजयी यात्रालाई रोक्न नसक्ने बताएका छन् । उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीलाई विजयी गराउन अनेरास्ववियुको महत्वपूर्ण भूमिका रहने हुदाँ सोहि अनुरुप चुनावमा लाग्न समेत आग्रह गरे ।

Batas

अनेरास्ववियु पोखरा महानगरपालिका अध्यक्ष डि एन लामिछानेको अध्यक्षतामा भएको भेलाले महानगर भित्रका क्याम्पस, स्कूल र वडालाई समेट्ने गरि अध्यक्ष लामिछानेको संयोजकत्वमा एक हजार एक सय ११ जनाको चुनाव परिचालन कमिटी समेत गठन गरेको छ ।

May be an image of 10 people, people sitting, people standing and indoor

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.