www.tandavnews.com
Fact ~ In search of truth

मनाङबाट गुरुङ प्रदेश सभामा निर्विरोध निर्वाचित

पोखरा 
स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका मन्त्री गुरुङ अर्का स्वतन्त्र उम्मेदवार दोर्जेलामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले तीन बजेपछि औपचारिक घोषणा गर्ने तयारी गरेको छ । उमेदवारी फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएको छ । प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका लामाले विहान १० बजेर ८ मिनेटमा उम्मेदवारी फिर्ताको निवेदन दिर्ता गराएका थिए। उमेदवारी फिर्तासँगै मन्त्री गुरुङ गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन्। उक्त क्षेत्रमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले तथा अन्य दलले आफ्ना उमेदवार उठाएका छैनन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.