www.tandavnews.com
Fact ~ In search of truth

उद्योग ब्यवसायी महासंघ पोखराले वडा स्तरीय फुटसल प्रतियोगिता गर्दै

पोखरा।

पोखरा रंगशालामा प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटिले प्रतियोगिताको आयोजना भएको हो ।

“सफल ब्यवसायीका लागि स्वस्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगिता कात्र्तिक १७, १८ र १९ गते पोखरा रंगशालमा हुने छ ।
खेलकुदको माध्यमबाट विभिन्न पेशा ब्यवसाय सञ्चालन गरिरहेका ब्यवसायीहरु बिच आपसी मित्रता अभिवृद्धि गरि ब्यवसायिक एकतालाई मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक तुल बहादुर थापाले जानकारि दिए ।

Batas

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख र द्धितिय हुने टिमले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा करिव सात लाख खर्च हुने र विभिन्न विज्ञापनदाताबाट सहयोग लिएर करिब दश लाख रुपैयाँ संकलन गरि तीन लाख रुपैयाँ बचत गर्ने उद्देश्य रहेको नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटि अध्यक्ष हरी भुजेलले जानकारी दिए ।

नेपालको खेलकुद विकासमा योगदान दिदै स्थानिय स्तरमा खेलकुद क्षेत्रमा नयाँ पुस्ताका खेलाडी तयार गर्ने, गण्डकी प्रदेशको कास्की जिल्लालाई खेलकुद हब बनाउने प्रतियोगिताको उद्देश्य रहेको महानगर कमिटि सचिव हेमराज भण्डारिले जानकारि दिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.