www.tandavnews.com
Fact ~ In search of truth

दशनामी महिला समिति अध्यक्षमा सपना

पोखरा।
दशनामी महिला समिति कास्कीको पहिलो अधिवेशन सम्पन्न भएको छ । आज पोखरामा भएको अधिवेशनले अध्यक्ष सपना गिरीको नेतृत्वमा १० जनाको कार्यसमिति गठन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा पास गिरी, सचिवमा प्रतिमा गिरी, कोषाध्यक्षमा सोनिया गिरी र सह–कोषाध्यक्षमा सरस्वती गिरीलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा सृमी सिंह गिरी, गंगा गिरी, खीम कुमारी गिरी, कविता गिरी र जुना गिरी रहेका छन् ।

Batas

साथै दशनामी समाज कास्कीको दसौ साधारण सभा पनि सम्पन्न भएको छ । शाखाको अध्यक्ष हिरा गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि दशनामी समाज केन्द्रको उपाध्यक्ष तारा गिरी रहेका थिए ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.