www.tandavnews.com
Fact ~ In search of truth

हल्का वर्षाको सम्भावना

काठमाडौँ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए।

देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.