www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सञ्चालनमा आयो बिवाइडीको सोरुम, प्रतिक्षित एटो ३ पनि सार्वजनिक

पोखरा ।

प्राकृतिक र पर्यटकिय सहर पोखरामा विद्युतिय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ । सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बिवाईडीको सोरुम उद्घाटन गरेका हुन् । सोही अवसरमा मन्त्री खड्कासहित नेपाल अटोमोबाइल्स डिलर एशोसिएसनका अध्यक्ष धु्रव थापा, नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडीको एटो ३ लाई पोखरेली अटोपारखी माझ सार्वजनिक गरे ।

Batas

बिवाइडीका लागि पोखराको आधिकारी बिक्रेता प्लगइन अटोमोबाइल्सले यूनिक फिचर्स र डिजाइनमा बनेको इभी कार एटो ३ घरेलु बजारमा उतारेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युतिय गाडी प्रबद्र्धनमा प्रदेश सरकार सधैं लागि रहेको बताउँदै इभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । पोखरा पर्यटकिय र वातावरमैत्री सहर भएकाले विद्युतिय गाडीलाई प्राथमिकतामा राखेको हुनाले निजी क्षेत्रलाई सँधै सहयोग गर्न सरकार रहेको मन्त्री खड्काले बताए ।

नाडाका अध्यक्ष धु्रव थापाले विश्वको नम्बर एक कम्पनी बिवाइडीको कार पोखराको सहरमा आउनु सुखद भएको बताए । अबको युग इभीको युग भएकाले अबको ३ वर्षभित्र ५० प्रतिशत बजारहिस्सा इभीको हुने थापाले बताए ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले वातावरणका लागि आवश्यक विद्युतिय गाडीका लागि सरकारले गम्भिर भएर सोच्नुपर्ने बताइन् । ‘हाम्रा हिमालहरु पग्लिएका छन्, प्रदुषण बढ्दो छ, हामी जलविद्युतमा धनी छौं त्यसैले इभी गाडीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ’, उनले भनिन् ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एटो ३ को विशेषता र सुविधाका बारेमा जानकारी दिए ।

चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बिवाइडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ । पोखराका कर्पाेरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीका बीच सार्वजनिक भएकै दिन ४ वटा गाडी बुकिङ भएको कम्पनीका प्रवन्ध निर्देशक ओम उपाध्याले जानकारी दिए ।

आकर्षक फिचर र लक्जरीयस सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको एटो ३ ले पोखरेली उपभोक्ताहरुको मन पनि छिटै जित्ने विश्वास कम्पनीका अध्यक्ष प्रकटकुमारले बताए ।

एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ ।

एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ । एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ ।

एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ ।

एटो ३ को बाहिरी डिजाइन आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन् ।

एटो ३ को मूल्य कम्पनीले ८९ लाख ९० हजार राखेको छ । पोखरामा यसअघि बिवाइडीको ई ६ कारको पनि बिक्री वितरण गरिसकेको छ ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.