www.tandavnews.com
Fact ~ In search of truth

शङ्कास्पद अवस्थामा युवक मृत फेला

चितवन ।
चितवनमा एक युवक शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका बर्ष ३२ का जीवन नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राती १ बजे उनी आफ्नै घरमा मृत अवस्थामा रहेको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय माडीको टोलीले मृतकको टाउकोमा चोट लागेको र घटनास्थलमा खुकुरी फेला परेकोले घटना शङ्कास्पद रहेको छ ।

घटनामा शङ्कित व्यक्ति जिल्ला पूर्वी नवलपरासी, गैँडाकोट नगरपालिका वडा न ७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा वर्ष ३४ को सुरेश बहादुर कुमाल, नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.