www.tandavnews.com
Fact ~ In search of truth

सहमतिको आधारमा पार्टी सञ्चालन : सभापति देउवा

विराटनगर । 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे ।

सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे । एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको बताए । (रासस)

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.