www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीद्वारा पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ I
प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आज बिहान ट्विट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन्।
उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका हुन्
Batas
प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.