www.tandavnews.com
Fact ~ In search of truth

जसपाको प्रतिबद्धता : ‘बेरोजगारलाई भत्ता’

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने जनाएको हो ।

श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारमा जानुअघि श्रमिकलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्ने व्यवस्था गरिने जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने जसपाले जनाएको छ ।

Batas

जसपाले बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई रोजगारीको विशेष व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने अनियमितता र शोषणलाई अन्त्य गर्न सम्बन्धित मुलुकको दूतावासमा विशेष कक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

जसपाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण मोबाइल एपमार्फत गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । नेपालका आदिवासी जनजातिका सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न ‘मेक इन नेपाल बाई इन्डिजिनियस ह्यान्डस्’ नारा तय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.