www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा एमालेका गिरी विजयी

पर्वत।
पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका पदम गिरी विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ एमालेका पदम गिरीले २९ हजार ८७२ मत ल्याउँदै विजयी भएका हुन् । उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत ल्याए । उनीहरूबीचको मतान्तर २२ सय ६३ रहेको छ ।

७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गिरीले जोशीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका थिए । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजापुन तेस्रो स्थानमा छन् । उनले ४ हजार ८९ मत ल्याए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.