www.tandavnews.com
Fact ~ In search of truth

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा

काठमाडौँ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार ९समाज०को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए

“मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।

Batas

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए ।

“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.