www.tandavnews.com
Fact ~ In search of truth

एकिकृत समाजवादी राष्ट्रिय दल बन्न १८ हजार मत अपुग

पोखरा।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) राष्ट्रिय दल बन्न १८ हजार ४ सय ११ मत अपुग भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ । राष्ट्रिय दल बन्न कूल सदर मतको तीन प्रतिशत अर्थात तीन लाख १६ हजार ८ सय २ मत ल्याउनु पर्ने छ ।

नेकपा एसले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १० स्थानमा जित हासिल गरेको भए पनि समानुपातिक तर्फ दुई लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ ।

Batas

त्यस्तै, समानुपातिक तर्फ नेकपा(एमाले) पहिलो, नेपाली काँग्रेस दोस्रो, नेकपा(माओवादी) तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चैथो स्थानमा छन् ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.