www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिकामा पर्यटन सुचना केन्द्र बन्ने

पोखरा।
अन्नपूर्ण गाउँपालिकामा एकिकृत पर्यटन सुचना केन्द्रको २ तलाकाे पक्की भवनको सिलान्यास भएको छ । पर्यटकहरुलाई सहि सुचना र सहजीकरणकालागि सुचना केन्द्र स्थापना गर्न लागिएको हो ।

भवन सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सीले पर्यटकको सहजीकरण र पर्यटकलाई सहि सुचना प्रवाह गर्न सुचना केन्द्रको भवन निमार्ण थालिएको बताए । उनले भने, “सुचना केन्द्रको स्थापना पछि पर्यटन प्रर्वधनमा महत्वपूर्ण योगदान पु¥याउने छ । सुचना केन्द्रले अन्नपूर्ण गाउँपालिका पर्यटन मैत्री बन्ने छ । गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तब्यहरुको जानकारी सुचना केन्द्रमा पर्यटकलाई सहजै अध्ययन गर्न मिल्ले गरि राखिने छ ।”

अन्नपूर्ण गाउँपालिकामा दैनिक सयै पर्यटकको आगमान हुने गाउँपालिका मध्य पर्दछ । कास्कीका अधिकांश पर्यटकीय गन्तब्य मध्य घान्दुक, लान्दुक, अन्नपूर्ण बेस क्याप, उल्लेरि, घोरेपानिलगाएत गन्तयहरुमा पर्यटकहरु हप्तैसम्म रहदा आवश्यक पर्ने सुचनालाई ब्यवस्तीत गर्न सहज हुने छ । अन्नपूर्ण गाउँपालिकाको ४६ लाख ९६ हजार ४ सय ४० आर्थिक सहयोगमा उक्त भवन निमार्ण गरिने भएको हो ।

Batas

कार्यक्रममा पालिका उप प्रमुख चन्द्रकला अधिकारी,पालिकाका वडा अधयक्षहरु, कार्यपालिकाका सदस्य, गाउँपालिकाका कर्मचारी र स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो । वडा नं–८ का वडा अध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पालिकाका शिक्षा प्रमुख बलराम भुगाईले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.