www.tandavnews.com
Fact ~ In search of truth

एमाले सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि सुशासन र समृद्धिको अभियानमा लागिरहन्छ : अध्यक्ष ओली

काठमाडौँ 
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि सुशासन र समृद्धिको अभियानमा लागिरहने बताएका छन्।

नेकपा एमालेले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी विशेष कार्यक्रममा अध्यक्ष ओलीले नागरिक सम्मान र सामाजिक स्थायित्वको पक्षमा एमालेले सक्रिय भूमिकाका साथ जिम्मेवारी  पूरा गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा एमाले अध्यक्ष ओलीले पार्टीको  निर्णय,  नीति  अनुशासन, आदेश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन  निर्वाचित सांसदहरूलाई निर्देशन दिए।

Batas

देश, जनता, राष्ट्र राष्ट्रियता र सुशासनबाहेक अरू नसोच्ने हुँदा परिवर्तनका आन्दोलनलाई क्षति पुर्‍याउने कुराबाट टाढै रहन  अध्यक्ष ओलीले निर्वाचित सांसदहरूलाई आग्रह गरे।
रासस

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.