www.tandavnews.com
Fact ~ In search of truth

डुंगासँगै डुब्यो सपनाको जहान

पोखरा
ताण्डव न्यूज ।

दुई छोरा च्याप्दै, आँखा पारि डाँडा, अनि मनमा डर । कहिल्यै डुंगा नचलाएका श्रीमानको हातमा वहना (डुंगा खियाउने साधन) देखेपछि २४ वर्षीय सपना खनालको मनमा डर पलाउनु स्वभाविकै थियो ।

वेगनास माइत भएकी सपनालाई वेगनास ताल र त्यहाँको सेरोफेरो राम्रोसँग थाहा थियो । त्यही भएरै उनले डुंगा अघि बढ्नु भन्दा पहिलेनै डुंगा चलाउन जान्ने मान्छेनै हुनु्पर्छ भन्दै अनुरोध गरेकी थिइन् ।

Batas

‘मैले हुदैन भन्दै थिएँ, कोही मानेनन्,’ सपनाले त्यो कहाली लाग्दो घटना सम्झदै भनिन्, ‘मैले रोक–रोक भन्दै थिएँ डुंगा हिडिहाल्यो ।’ दर खान मन्धारे पार्कबाट सानी आमा सासुको (कमलराज कडेंल) को घर लिब्दी टुँडा पुग्नु पर्ने थियो ।

३२ वर्षीया श्रीमान रवी खनालले वहना खियाई रहदा सपना भने डराएर दुई छोरा ८ वर्षीय शिव र ७ वर्षीय शंकरलाई बलियो गरी च्यापेकी थिइन् । गैंडाकोटबाट सपनाको परिवार पोखरा दर खान मात्र होइन्, यतै घर जग्गा हेर्ने गरि आएका थिए । गैंडाकोटको घरबारी वेचेर श्रीमान रवीले आफ्नो साथमा केही रकम समेत लिएर आएका थिए ।

शनिबार उनीहरु मामाको घरबाट फर्किएर सानी आमा सासुकहाँ जाने भनेर डुंगा चडे । उनीहरु चार जना अनि थप छ जना डुंगा चड्दा सपनाले हुदैन भन्दै थिइन् । हुन पनि पाँच जना सवार गर्ने ढुङगामा ठ्याकै दोब्बर भएपछि डर त हुनेनै भयो ।

सपनाले आफ्नो जित कायमनै राखेकी थिइन् । तर कसले सुन्ने ? उल्टो डुंगा धनीले त्यहाँ चामल र चोक्करको बोरा थपिदिए । त्यति मात्र होइन उनको श्रीमान रवीको हातमा वहना थपाएर ‘चलाउन सजिलो हुन्छ’ भन्दै डुंगा धकालेर अघि बढाइदिए । डुंगा धनी अरु कोही नभएर सानी आमा सासुको श्रीमान कमलराज कडेंलनै थिए ।

madi
machhapuchre

त्यतिकैमा वेगनासतामा डुंगा आधाभन्दा बढी कटिसकेको थियो । लक्ष्यमा पुग्न करिब २ सय मिटर बाँकी रहँदा एक्कासी डुंगामा पानी पस्यो । सबैले चाल पाएपछि आतिन्न थाले । त्यतिकैमा उनका श्रीमान रवीले हतपत चामल र चोक्करको बोरा तालमा फालिदिए ।

त्यति गर्दा पनि समस्या सुल्झिएन । पानी भोरिदै गयो । त्यसपछि सपनाले डुंगा धनीलाई फोन हानिन । ‘मैले थोरै जना भएर जाम भनेको थिएँ हामी चार जना गरेर अरु ५/५ जना , चामल, चोक्करको बोरा, डुंगा चुनि भयो । डुंगा आफै चलाउनु भने । हामी सानी आमा सासुकोमा जादै थिइम,’ उनले त्यो कहानी सुनाइन्, ‘ज्याकेट केही दिएन । यत्रो जना हँुदैन र मेरो श्रीमानले चलाउन जान्दैन भन्दै थिए । खियाउने कुरा हातमा थमाई दिए श्रीमानको । मैले वच्चा बोक्दै थिएँ । त्यतिकै हिँड्यो डुंगा । केही पर पुगेपछि डुंगा चुनि भयो । श्रीमानले भित्र भएको चालमको बोरा फाल्दै थिए । त्यतिकैमा डुंगा डुव्यो ।’

सपनाले सानी आमा सासुकी श्रीमान कमलराज कडेंललाई फोनबाट गुहार मागिन् । ‘डुंगामा पानी पस्यो, डुंगा डुब्ने भयो हामीलाई बचाउनु होस’ भन्दै सपनाले कमराजलाई फोन गरे । यता कमलराज आफू मात्र गुहार दिन निक्लिए ।

पानी भरिएर डुंगा हल्लन थालेपछि सपनाका छोरा तालमा खसे । छोरा खसेको देखेपछि रवी बचाउन भन्दै हाम फाले । त्यो दृश्य देखेकी सपना अर्को छोरालाई च्याप्दै थिइन् । त्यतिकैमा डुंगासँगै सबै डुब्यो । सपना पौडिन जानेकी थिइन् ।

उनले केही मिनेट दुई छोरालाई डुब्नबाट धानेकी थिइन् । त्यतिकैमा त्यही डुंगामा सवार निशा पौडेलले पानीमा छटपटाउदै गुहार मागेको सपनाले देखिन् । निशालाई बचाउन अघि सर्दा दुई छोरा हातबाट छुटे । श्रीमान रवीको पनि ज्यान गयो । सपना निशालाई बचाउन सफल भइन तर दुई छोरा गुमाइन् ।

त्यो घटनामा उनीहरुसँगै पोखरा–२८ की कृष्णकुमारी बजगाईं र तनहुँ भीमादकी जमुना गैरे, ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल १७ वर्षीया मनिशा बजगाईंको समेत ज्यान गयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.