www.tandavnews.com
Fact ~ In search of truth

मिसलिडिङ : अहिले भाइरल भएका ‘एन्टोनियो’ले त्यसाे भनेका थिएनन्

पोखरा
ताण्डव न्यूज ।

हप्तादिनसम्म सामाजिक संजालमा एउटा तस्बिर खुबै श्यर भयो । अहिलेपनि बेला बेला तपाइको फेसबुक अथवा ट्वीटर फिडमा देखिन सक्छ । तस्बिरले त आकर्षित गर्ने नै भै हाल्यो, सँगैको क्याप्सनले श्यर गर्न हौसाइदिन्छ । हामी यहाँ मेक्सीकोको एक तस्बिरको कुरा गर्दै छौँ । जहाँ एक ब्यक्ति अण्डरवेयर मात्रै लगाएर पोडियम नेर उभिएको देखिन्छ ।

तपाई हामीले देखेको तस्बिरको क्याप्सनमा “मेक्सीकोका एक सांसदले संसदमा आफ्नो सबै लुगाहरु खाेलेर नाङ्गो हुदै भने, ”मलाई नाङ्गो देख्दा तपाईंलाई लाज लाग्याे तर तपाईंका जनताहरु सडकमा भाेका नाङ्गा,असाहय अशक्त,खाली खुट्टा ,उदासिन ,बेराेजगार ,राेगी हिडेकाे देखेर तपाईं लाई लाज लाग्दैन! किन?” भन्ने छ ।

Batas

के साँच्चै ति ब्यक्तिले संसदमा यस्तै भनेका हुन् त ?

उर्जा सम्बन्धी विधेयक बारे विरोध गरेका थिए एन्टोनियोले

ति अण्डवेयरमात्रै लगाएर सभामा आक्रोशित देखिएका ब्यक्ति हुन् एन्टोनियो गर्सीया कोनेजो । उनी मेक्सीकोका डेमोक्रेटिक रिभोलुसन पार्टीका प्रतिनिधि हुन् । यो घटना मेक्सीकोको संसदमा सन् २०१३ मा भएको थियो ।

सन् २०१३ डिसेम्बर १३मा यसबारे बीबीसीमा समाचार प्रकाशन भएको छ । एन्टोनियोले प्राइभेट कम्पनीलाई ग्यास र तेल उत्पादन गर्न दिने प्रस्तावको विरोध गर्दै नाङ्गीएका थिए ।

बीबीसीमा प्रकाशित समाचार अनुसार पाइन्ट र सर्ट खोल्दै एन्टोनियोले भनेका थिए, ‘यसरी नै तपाईहरुले देशलाई खुइल्याउनुभएको छ । फाइदा कहाँ छ ? मलाई लाज छैन, तपाइहरु जे गर्दै हुनुहुन्छ त्यो लाजमर्दो हो ।’

यसबारे इण्डीया टूडे लगायत अन्यमा न्यूज पोर्टलहरुमा पनि भ्रष्टाचार, गरिबीबारे बोलेको उल्लेख छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.