संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।
पर्वतको बिहादी गाउँपालिकामा प्रहरी चौकीको भवन निर्माण गर्नका लागि स्थानीय समाजसेवीले निशुल्क रुपमा जग्गा दान गरेका छन्।

बिहादीकै स्थानयिबासी तथा पूर्व गा.वि.स अध्यक्ष भोलानाथ शर्माले प्रहरीको उपस्थितिबिना गाउँमा शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै ७ आना ३ पैसा २ दाम क्षेत्रफल भएको जग्गा प्रहरीलाई प्रदान गरेका हुन्। उनले उक्त जग्गाको लालपुर्जा सोमबार जिल्ला प्रहरी कायाृलय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीलाई हस्तान्त्रण गरेका छन्।
शर्माले यस अगाडि पनि गाउँमा प्रहरी बस्नुपर्ने भन्दै आफ्नो घर नै प्रहरीलाई दिईसकेका छन्। गाउँमा प्रहरी चौकी स्थापनाको लागि ठाउँ नभएका कारण उनले आफ्नै घर निशुल्क रुपमा उपलब्ध गराएर प्रहरीलाई सघाएका थिए। अहिले भने उनले स्थायी रुपमै प्रहरी चौकी स्थापना गर्न भवन निर्माण गर्नको लागि घर वरपरको जग्गा समेत दान गरेका हुन्।
जग्गादाता शर्मालाई जिल्ला प्रहरी कार्यालयले सम्मान समेत गरेको छ। सम्मानपछि बोल्दै जग्गादाता शर्माले प्रहरीको काम जनताको दुःखमा सघाउने भएको र बाच्छामा प्रहरीको आवश्यकता अनुभुति गरेर जग्गा उपलब्ध गराएको बताए।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना बिद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ।पढाईमा जेहेन्दार भएपनि गरिबीका कारण अध्ययनमा समस्या परेको भन्दै कुश्माको नारायण माध्यमिक विद्यालयका अमिन खड्का र शिवालय बहुमुखी क्याम्पसमा अध्ययनरत बेली भनिने बिनोद परियारलाई ५÷५ हजार रुपैयाँ सहयोग गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.