www.tandavnews.com
Fact ~ In search of truth

सत्ता गठबन्धनमा आवद्व दलहरूको बैठक खुमलटारमा बस्दै

काठमाडौं ।
सत्ता गठबन्धनमा आवद्व दलहरूका शीर्ष नेताको बैठक आज मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास खुमलटारमा बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति हुने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस २५ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ । संसद् अधिवेशन अघि नै मन्त्री मण्डललाई पूर्णता दिने तयारी सत्ता गठबन्धन आवद्व दलहरूको छ ।

Batas

यस अघि प्रधानमन्त्री प्रचण्डले हात्तिवनमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता गरेका थिए। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.