www.tandavnews.com
Fact ~ In search of truth

बुद्वसिं मार्गमा कालोपत्र

तनहुँ।
तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चाैँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए।

ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडाैँले पाएको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरेको हो । सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने इञ्जिनीयर मिश्रले बताए।

तेत्तीस महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । उनले भने,“यस कार्यालयबाट चालु आवमा भ्याटसहित रु चाैँतिस करोड २७ लाख, ५४ हजार पाँच सय ६१ लाखको लागतमा सम्पन्न हुनेछ । उक्त मार्गमा करिब चार साना ठूला पुल निर्माण गर्नुपर्ने देखिएको छ ।” कार्यालयले गतवर्ष मन्त्रालयमा विवरण पठाइसकेको उनले बताए।

Batas

उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती परियोजनाले डुवानमा पर्ने भएकोले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए। यसअघि सडक चौडाइ र नाला निर्माणकार्य गरिएको थियो । गत वर्षातको समयमा पहिराले पुरिएका नाला पन्छाउँदै नाला नभएको स्थानमा नाला निर्माण गरेर दुवै कामसँगै अघि बढाइने योजना रहेको सो कार्यालयले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.