www.tandavnews.com
Fact ~ In search of truth

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौँ।
सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठीत मस्यौदा कार्यदलको बैठक आज बस्दैछ । एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक दिउँसो १ बजे अर्थमन्त्रालयमा बस्न लागेको हो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा सदस्य छन् ।
आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको बताइएकाे छ ।

गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा कार्यक्रमलाई पूर्णता दिन लागिएकाे हाे । यस विषयमा बुधबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.