www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेकाे पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाही जुम्लाबाट निर्वाचित भएका हुन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.