www.tandavnews.com
Fact ~ In search of truth

तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत

काठमाडौँ।
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।

उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

Batas

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको पाँच सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.