www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा दुई जनाको मृत्यु

तनहुँ।
तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।

शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ । उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.