www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघमा एकतर्फी नियुक्ति गरेकाे भन्दै शेखर पक्षकाे असन्तुष्टि

काठमाडैाँ।

नेपाली विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै शेखर पक्षका विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छ्न् । नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेका छन्।

नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको हुन् । विधान विपरित नियुक्ति बदर गर्न र ति स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

Batas

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको छ।

निर्वाचन सकिएको ३ महिना भित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने पार्टीले निर्णय गरेको थियो ।

२०७३ सालमा ११ औं महाधिवेशन गरेको संघले नयाँ नेतृत्वको निर्वाचन गर्न सकेको छैन । पार्टी नेतृत्वले तदर्थ समितिको पूर्णताको तयारी गरिरहेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.