www.tandavnews.com
Fact ~ In search of truth

बढ्यो सुनको मूल्य

काठमाडौँ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.