www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : ‘फेसबुक ह्याक’ गरेर पैसा मागेको कसूरमा ‘आशिष’ पक्राउ

पोखरा।
अमेरिका बस्ने नेपालीको फेसबुक ह्याक गरेर ठगी गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्चालको दुरुपयोग गरि पैसा ठगी गर्ने पोखरा महानगरपालिका वडा नं. १९का २३ वर्षीय आशिष परियारलाई पक्राउ गरिएको नेपाल प्रहरी साइबर ब्युरोका उप– निर्देशक तथा प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिए ।

परियारले अमेरिका बस्ने एक नेपालीको फेसबुक ह्याक गरी उनको साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए ।
ती साथीले उनले दिएको खातामा ५० हजार रुपैयाँ मोबाइल बैंकिङ मार्फत पठाइदिएका थिए ।

रकम पठाएको तीन चार दिनसम्म पनि कुनै प्रतिक्रिया नआएपछि साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो ।

Batas

पिडितबाट प्राप्त निवेदनको अधारमा अनुसन्धान गर्दा प्राविधिक सबुत भेटिएको ब्युरोका प्रवक्त रायले बताए । उनले भने,‘अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत प्रमाणको आधारमा उक्त प्रोफाइल ह्याक गरी सोही प्रोफाइलमार्फत सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने कार्यमा परियार संलग्न रहेको देखियो’

परियारलाई जिल्ला अदालत काठमाडौँबाट दुई दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.