www.tandavnews.com
Fact ~ In search of truth

सात महिनामा १० हजारले लिए राहदानी

नवलपरासी।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म करिब १० हजार जनाले राहदानी लिएका हुन् ।

रामग्राम नगरपालिकाअन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार वैदेशिक रोजगारलाई सकारात्मक र नकारात्मक दुवै पाटोले हेर्दा ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको छ भने नेपालको करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारका सिलसिलामा कुनै न कुनैरुपमा देश बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपश्चात् आफू वैदेशिक रोजगारीबाट फर्केको भन्नसक्ने अवस्था नरहेको, कुण्ठितरुपमा बस्नुपर्ने अवस्था रहेको भन्दै अहिले केही परिवर्तन आएको परियोजनाको निष्कर्ष छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.