पाेखरा ।
मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३, धम्पुस्थित कालीगण्डकी नदीमा दुर्घटना भएको छ । आज बिहान ८ः३० बजे जोमसोमबाट १७ यात्रु लिएर पोखराका लागि छुटेको म्याग्दी कोरोला यातायातको ना ७ ख ७४४० नम्बरको बस नदीमा खसेको हो ।
दुर्घटनामा बसमा सवार सबै जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.