पोखरा ।
पोखरा संगीत समूहको अध्यक्षतामा होम गुरुङ निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलो बनाइ पोखरामा क्रियाशिल रहेका संगीतकर्मीहरुको संस्था संगीत समूहको उपाध्यक्षमा विक्रम गुरुङ, सचिवमा सुनिल गायक, कोषाध्यक्षमा गुप्त गुरुङ, सहसचिवमा सूर्य गुरुङ, सहकोषाध्यक्ष दिवस थापा, प्रवक्ता पूर्ण गुरुङ, कार्यक्रम संयोजक रोशन गुरुङ चयन भए । समूहको सदस्यमा युकेश थापा, प्रविन कान्छा, रेशम थापा, रेशम विसी, काजि गुरुङ, युमिन गुरुङ, भरत सुनार, विमल गायक, मनिष गायक, सविन गायक, भास्कर कुमाइ र किसान नेपाली निर्वाचित भएका छन् ।

अधिवेशनको निर्वाचन समितिमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्राज्ञ जीवन दाहाल, प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका संस्थापक अध्यक्ष प्राज्ञ शंकर विरही गुरुङ, प्रतिष्ठानका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रतिष्ठानका निवर्तमान उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठानका निवर्तमान केन्द्रीय सदस्य घनश्याम रिजाल, प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राज गुरुङ र आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेशमा उपाध्यक्ष करण तामाङ रहेका थिए ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.