www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको दोस्रो अधिवेशन भोलि

पोखरा ।

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको दोस्रो अधिवेशन फागुन ९ गते हुने भएको छ । दुवै समितिको पोखरा सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा अधिवेशन हुने दशनामी युवा समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

गिरीका अनुसार पोखरामा हुने प्रदेशको अधिवेशनमा ११ वटा जिल्लाबाट गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तिर्थ गरी दशनामी युवाहरुको सहभागिता रहने गिरीले बताए ।

Batas

सबै जिल्लामा जानकारी गराएर तयारी पुरा भएको गण्डकी प्रदेश अध्यक्ष मनोज गिरीले बताए । सोही अवसरमा कास्की जिल्लाकोे पनि सोेही स्थानमा दोस्रो अधिवेशन हुने दशनामी युवा समिति कास्कीका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

पोेखरा सिर्जना चोकमा रहेको साइमन पार्टी प्यालेसमा मंगलबार दिनको १२ः३० बजे सबै दशनामी युवाहरुलाई उपस्थित हुन अध्यक्ष गिरीले निम्तो दिए । कास्कीका निम्ति सम्पूर्ण तयारी पुरा भएको कोषाध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् । प्रदेशको हकमा पनि समन्वय भएको प्रदेश सदस्य सुर्य गिरीले बताए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.