www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोला गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण

पोखरा ।

नेपाल सरकारले गरेको लकडाउनका कारण स्थानीय स्तरका कृषकहरूमा परेको समस्या न्युनिकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आँधीखोला गाउँपालिकाले कृषकहरूलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा सय २०० वटा टनेल प्लास्टिक वितरण गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षकै बजेटबाट किसानहरूलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरेको हो । कृषकहरूलाई टनेल प्लास्टिक वितरण गर्दै आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक तरकारी उत्पादनमा जोड दिन आग्रह गरे । उनले उत्पादन वृद्धि भए आय आर्जनमा समेत सुधार हुने विश्वास व्यक्त गरे ।

Batas

१० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त टनेल प्लास्टिक प्रति गोटा ४ हजार पचास रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई पचास प्रतिशत अनुदानमा २ हजार पच्चीस रुपैयाँमा वितरण गरिएको हो ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोला गाउँपालिका कृषि शाखाका प्रमुख अर्जुन चापागाँईले टनेलको उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

यसअघि गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बोडी, सिमी, काँक्रो, लौका, मूला, रायो, रामतोरियाँको बीउ वितरण गरेको थियो । कृषि पेशामा नै जीवन निर्वाह गरिरहेका किसानहरू यस्तो कार्यक्रमले निकै नै खुशी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.