www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश प्रमुख गुरुङद्धारा गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य, दुई विधेयक प्रमाणीकरण

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाकोे चालु अधिवेशन अन्त्य गरेका छन् । गुरुङले नेपालकोे संविधानको धारा १८३ को उपधारा(२) बमोेजिम बिहिबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रमुख गुरुङले सभामा आएका दुई विधेयक समेत प्रमाणीकरण गरेका छन् । प्रदेशको निजामति सेवाकोे गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा ब्यवस्था गर्ने बनेकोे विधेयक र स्थानिय सेवाको गठन, सञ्चालन र सेवाकोे शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेकोे विधेयक प्रमुख गुरुङद्धारा प्रमाणीकरण भएको प्रदेश प्रमुखकोे कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.