www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

पोखरा।
पृथ्वी राजमार्गअन्तर्गतको बिमलनगरदेखि घाासी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्ण रुपमा बन्द हुने भएको छ ।
यही फागुन २८ गतेदेखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्ने लागिएको हो । अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठककाे निर्णयले उक्त समय अवधिमा अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरि राजमार्ग बन्दको ब्यवस्था मिलाइएको गैह्रे बताए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.