www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाजको अध्यक्षमा पाेखराका तारा गिरीकाे उम्मेदवारी

पाेखरा ।

नेपाल दशनामी समाजको अध्यक्ष पदमा कास्की पाेखराका तारा गिरीले उम्मेदवारी घोेषणा गरेका छन् । यहि चैत ३ र ४ गते कोशी प्रदेशको ईटहरीमा हुन गइरहेको नेपाल दशनामी समाजको छैटौँ रष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि गिरीले उम्मेदवारी दिएका हुन् ।

विगत तीन दशकदेखि समाजका निम्ति योगदान दिँदै आएका गिरी विभिन्न प्रतिष्ठित संघ संस्थाहरुमा पनि आबद्ध छन् । अहिलेसम्म समाजकै निम्ति काम गरेको र आगामी दिनमा पनि समाजकै निम्ति जिवन समर्पित गर्ने उम्मेदवार गिरीले बताए । ‘हाम्रो आफ्नो संस्कार, संस्कृति हकअधिकारको लागि राज्य पक्ष सगैँ पहल गर्नुपर्नेछ,’ उनले भने,‘यि सबै कार्यहरु बेलैमा पहल गरी दशनामी समाजलाई आफ्नोे पहिचान देशमा स्थापित गर्नुपर्नेछ।’

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.