www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पाेखरा।
पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.