www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सरकारको प्रथामिकतामा परेन अपाङ्गता र सामाजिक क्षेत्रका सवाल

सूर्य प्रसाद भट्टराई
पोखरा ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको समावेशी स्वास्थ्य पुनर्स्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अपाङ्गताको सवाल र सामाजिक बिषयसंग जोडिएको कुरा प्रदेश सरकारकको प्रथामिकतामा नपरेको जनाएका छन।

प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्य मन्त्रालयका मननिय मन्त्री पञ्चराम गुरुङकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषको कार्यलयका सचिव मनमाया भट्टराईले अपाङ्गतामा गरिने लगानीलाई पैसा संग तुलना गरेर हेर्ने गरिएको र यसले राज्यलाई दिर्घकाल सम्म असर पार्ने बिषय औल्याइन्रा राज्यले नागरीकहरुको आवस्यकता के हो? कसरी सेवा पुरयाउने हो।भन्ने बिषयमा सोचनुपर्ने भएता पनि हामि कहाँ त्यसो हुन नसकेको र यसले अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने स्वास्थ्य जस्तो आधारभूत सेवाबाट समेत बन्चित हुनुपरेको जनाउँदै यसले राज्यको दिर्घकालिन बिकासमा बाधा सिर्जन गर्ने बताइन्।

राज्यको निर्णायक तहमा रहेकाहरुको सोँचमा परिवर्तन हुनु जरुरी रहेको र अपाङ्गतालाई सोच्ने तरिकामा नबिनता ल्याउने हो र उनिहरुको स–साना आवस्यकताहरु पुरा गर्ने हो भने उनिहरूको बिकास गर्न कुनै कठिन नहुने धारणा ब्यक्त गरिन्।

Batas

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले प्रदेश सरकारको बजेट हेर्ने हो भने हाल भौतिक पुर्वाधारमा ३८ प्रतिशत रहेको तर अपाङ्गता लगायतका सामाजिक कार्यहरुमा गर्ने लगानी बल्ला बल्ला १२ प्रतिशत मात्र रहेको जानकारी गराउँदै अपाङ्गता भएका व्यक्तिहरुको सेवा प्रवाहामा यो बजेट प्रयाप्त नहुने धारणा राखेका थिए। बिकास अपाङ्गता भएका व्यक्तिहरुका आवस्यकता ठुला र पुरा गर्न नसिने खालको नभएको तर सरकार रहनेहरुले यस्तो बिषयलाई प्रथमिकता नदिदा यो समस्या बन्न पुगेको गरुङ्गको धारणा रहेको थियो।

कार्यक्रममा उठेका स्वास्थ्यका सवालहरु पुरा गर्न सकिने खालको भएको र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापनाको लागी प्रदेशको बजेट बढाउन र सानो लगानिमा हन सक्ने कामहरु तत्काल गर्नकोलागी केही दिनमा नै आफुले सचिबहरुसंग छलफल गर्ने र यसलाई प्रथमिकताकासाथ अगडी बढाउने प्रतिवदता समेत मन्त्री गुरुङ्गले ब्यक्त गरे।

कार्यक्रमलाई सम्वोधन गर्दे इन्सेक कास्कीका प्रमुख शिव खकुरेलले प्रत्येक स्वास्थ्य संस्थामा साङ्केतिक भाषा दोभाषे सहितको छुट्टै अपाङ्गता डेक्सको स्थापना गरी एकै ठाउँवाट उपचार पाउने गरी एकिकृत स्वास्थ्य सेवाको बिकास गरिनुपर्नेमा जोड दिए। हाल स्थानिय तह र प्रदेश सरकारले भोट पाउनको लागी मठ मन्दिर भिउटावर बनाईरहेको र यस्ता कार्यको अन्तय गरी त्यस्ता खर्चलाई अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना सेवा प्रवाहामा खर्च गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गरे। हरेक अपाङ्गता भएका व्यक्तिहरुले बिमा मार्फत सबैखालका उपचार पाउने ब्यवस्था मिलाई उनिहरुलाई स्वास्थ्य सेवाबाट वन्चित हुनबाट रोक्नुपर्नेमा उनको जोड रहेको थियो।

राष्ट्रिय अपाङ्ग महाँसंघ नेपालका अध्यक्ष देबिदत्त शर्माले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागी नीतिगत र कानुनी रुपमा धेरै प्रव्धानहरु रहेको भएता पनि कार्यक्रम र बजेटलाई हेर्ने हो भने उनिहरुको आवश्यकता पुरा हुने गरी बजेट बिनियोजन गर्न सरकार तयार नहुने अवस्था रहेको औल्याए। जति भौतिक पुर्वाधारको क्षेत्रमा सरकारको बजेट छ त्यती सामाजिक क्षेत्रमा नहुँदा मानव बिकास हुन नसकेको र यसले समाज बिकासमा हामिलाई पछाडी धकाली रहेको उनको धारणा रहेको थियो। राज्यले कानुन बनाउँदा म सबै
निःशुल्क गर्छु भनेर कानुन बनाउने तर कार्यन्वयनको बेला भने स्रोतको अभाव रहेकको देखाएर उम्कन खोजने प्रवृती रहेकोले अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु ओझेलमा परेको बताए।

अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य पुनर्स्थापना सेवा प्रबाहा गर्नको लागी प्रदेश एवम संघिय अस्पतालहरुमा अपाङ्गता युनिटको स्थापना अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रवाहा गर्नको लागी आवस्यक पर्ने जनशक्तिको बिकास गर्न प्रदेशले जोड दिनुपर्ने धारण उनको धारणा रहेको थियो।

संघका सचिव कृष्ण प्रसाद अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष खोमराज शर्माले बिषय वस्तुको उठ्ठान गरेका थिए । भने अपाङ्गता भएका व्यक्तिहरु द्वारा सञ्चाललीत संस्थाका प्रतिनिधीहरुले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका स्वास्थ्य समस्याहरुबारे जानकारी गराएका थिए।महासंघ गण्डकी प्रदेशले केन्द्रिय अध्यक्ष देबिदत्त आचार्यको कार्यकालको शुभकामना सहित अद्यक्षमा निर्वाचित भएकोमा सम्मान पत्र द्वारा सम्मान समेत गरेको थियो।

राष्ट्रिय अपाङ्ग महाँसंघ नेपाल गण्डकी प्रदेशको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना सेवामा वकालतको लागी गएको ८ र ९ गते अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको थियो।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.