ढोरपाटन।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन्।
बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिने बताए।
मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताउनुभयो । मुख्यमन्त्री अधिकारीले भने, “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका छैनन्, अब गण्डकी प्रदेश सरकार यसको प्रवद्र्धनमा लाग्छ, रोजगारी सिर्जना गर्छ ।” उनले उत्तरगङ्गा जलाशययुक्त हाइड्रोपावर निर्माण गर्ने बताए। यसले गण्डकी मात्रै नभइ सिङ्गो देशलाई उज्यालो बनाउने उहाँको भनाइ थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.