www.tandavnews.com
Fact ~ In search of truth

सामसुङ्गकाे ग्यालेक्सी ए३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी पोखराकाे डिलर मीटमा लन्च

पाेखरा ।
सामसङ्गले नयाँ ग्यालेक्सी ए३४ फाइभ जि र ग्यालेक्सी ए५४ फाइभ जिलाई पोखराकाे डिलर मीटमा लन्च गरेकाे छ ।  लोकप्रिय ए –सिरिजका २ वटा नवीनतम फोनमा अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित ए३४ फाइभ जि र ग्यालेक्सी ए५४ फाइभ जि पाेखरामा लन्च गरिएकाे हाे ।

ए३४ फाइभ जि र ग्यालेक्सी ए५४ फाइभ जि प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्भित तुल्याउने गरी बनाइएको छ ।

उत्कृष्ट बनावट र अनुभूति एवं टिकाऊपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिलाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।

Batas

ए –सिरिजमा थपिएका दुई नयाँ स्मार्ट फोनहरु, ग्यालेक्सी ए३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी हालै नेपाल अधिराज्य भरी रिलिज भएका छन्। क्षेत्रीय वितरक र डिलरहरूको उपस्थितिमा कुटी रिर्जोटमा, द्दढ मार्चमा भएको डिलर मीटमा यी स्मार्टफोनहरु पोखरामा लन्च गरिएको थियो । त्यहाँ उपस्थित दर्शकहरूको अनुभव र प्रतिव्रिmयाहरू अत्यधिक सकारात्मक थिए ।

ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसंग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ फाइभ जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ फाइभ जि ३ रङ्गहरु कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ फाइभ जि पनि कालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि६७ रेटिङ्ग पाएको छ । यसका साथै अझै बलियो बनाउनकालागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ फाइभ जिको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।

ग्यालेक्सी ए५४ फाइभ जि ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर–लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुना सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो/भिडियो खिच्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङ्गमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जि दुवै अटो फ्रेमिङ्गका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङ्गको दौरानमा हरेक पटक स्थिर र ५ जनासम्मलाई एकसाथ जूम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ ।

दुवै मोडलहरुमा ५ एमपिको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्याग्शिप सिरिजहरुमा अति नै मनपराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेकसी ए३४ फाइभ जिमा समावेश गरेर अझ बढी पहुँचयोग्य बनाइएको छ । यसले प्रयोगकर्ताहरुलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ ।

फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन ।

ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरुका साथमा जीवन्त रङ्गहरुको विशेषता रहेका छन् । १२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरुमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय रुपमा सहजता प्रदान गर्दछ । यसका अतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जब कि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ ।

ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसको लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरु राखिएका छन् । यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ ।

५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ फाइभ ५जि र ग्यालेकसी ए३४ फाइभ जि २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेकसी ए३४ फाइभ जिमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ । दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबिसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जिले सामसङ्गको डिफेन्स ग्रेड सुरक्षा प्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ फाइभ जि र ग्यालेक्सी ए५४ फाइभ जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनि दिइएको छ, यसले यी मोबाइलहरु अव्द्यावधिक भइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ ।

पछिल्लो ए–सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्ट लाई रु ६०,००० प्राइसमा प्रस्तुत गर्दैछ, जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई सङ्केत गर्दछ। दुवै ग्यालेक्सी ए५४ फाइभ जि र ग्यालेक्सी ए३४ फाइभ जि २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ फाइभ जिको ८ जिबि ¥याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोलाई रु ५६, ९९९ रुपैयाँ पर्छ भनें ८ जिबि ¥याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९,९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै ए३४ फाइभ जिको ८ जिबि ¥याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मुल्य रु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.