www.tandavnews.com
Fact ~ In search of truth

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

काठमाडौँ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् ।

सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिई नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिई हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।

Batas

आयोगले ‘मतदाता नामावली अद्यावधिक( दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्ता अधिकारी तोकेको थियो । यही भदौ ३१ गते आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गर्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.